एकल पुरुषलाई सामाजिक सुरक्षा भर्ता।

भेरी खबर Feb 20, 2021

मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफना १४ वटा वडाहरुमा रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको हो । शुक्रबार परेको ७१ औं राष्टिय प्रजातन्त्र दिवशको अबशर पारेर नगरपालिकाले एक औपचारिक कार्यक्रम गदै नगर क्षेत्र भित्र रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको छ । एकल भत्ता बुझन आएका एकल पुरुषहरुले एकल महिला झै आफुहरुले पनि भत्ता पाउदा खुशी व्यक्त गरेका छन । वडा नं १४ का ५० वर्षिय जुद्घ बढुवाल भन्छन राज्यले एकल महिला भत्ता,वृद्द भत्ता,बालबालिका भत्ता दिदै आएपनि श्रीमतीको मृत्यु भएर वा श्रीमती नै नल्याएर वेसाहारा,एकल भएका समाजमा रहेका एकल पुरुषलाई संघिय र प्रदेश सरकारले वास्ता नगरेपनि स्थानिय सरकारले भत्ता दिएपछि आफुहरु पनि नागरिक भएको महशुस भएको छ नत्र अरुले भत्ता बुझदा हामीहरु विगतमा दोसो्र दर्जाका नागरिक रहेछौ भनेर सम्झन्थ्यौ ।देशमा रहेका ७५३ वटा स्थानिय तहहरु मध्य दुर्गम हिमाली जिल्लामा रहेको छायाँनाथ रारा नगरपालिकाले भौगोलिक,राजनैतिक तथा अन्य बाधा कठिनाईका बाबजुद पनि नमुना काम गदै गएको