एमबाप्पे ले ह्याटि्रक गर्दा बार्सिलोना आफ्नै घर मा स्तब्ध भयो

भेरी खबर Feb 17, 2021

किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पानिस क्लब बार्सिलोनामाथि शानदार जित हात पारेको छ ।

घरेलु मैदानमा बार्सिलोनाले पहिले अग्रता लिएपछि त्यसलाई कायम राख्न सकेन र ४-१ को लज्जास्पद हार व्यहोरेको हो ।

क्याम्प नोउमा खेलको २७औं मिनेटमा कप्तान लिओनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ३२औं मिनेटमा एमबाप्पेले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा पीएसजीले तीन गोल गर्‍यो । जसमा एमबाप्पेले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । ६५औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । ७०औं मिनेटमा मोइस केनले पीएसजीको लागि तेस्रो गोल गरे । ८५औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४-१ ले विजयी भयो ।

यस्तै अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २-० ले पराजित गरेको छ । हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा लिभरपुलका लागि मोहम्मद सालाह र साडियो मानेले दोस्रो हाफमा गोल गरे । सालाहले ५३औं र मानेले ५८औं मिनेटमा गोल गरे ।

कोभिड १९ का कारण जर्मन सरकारले इंग्लिस टिमलाई देशमा प्रवेश गर्ने अनुमति नदिएपछि लाइपिजगले घरेलु खेल बुढापेष्टमा खेलेको हो