ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

गण्डकी प्रदेश मा नयाँ मुख्यमन्त्रीको नाम प्रस्ताव ।

भेरी खबर Apr 16, 2021

## गण्डकी प्रदेशमा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सो पदमा नियुक्त भएमा संविधानबमोजिम ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बनेको मुख्यमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।धारा १६८ को उपधारा ९२० मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधि गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता भएको हो ।उनको सट्टामा नेपाली कांग्रेसका प्रदेशसभाका सदस्य पोखरेललाई प्रस्ताव गरिएको छ । भइरहेका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव गर्दा संविधानको धारा १८८ को उपधारा ९५० बमोजिम प्रस्तावित मुख्यमन्त्रीको नामसमेत प्रस्ताव गर्नुपर्नेछ । सोही प्रावधानबमोजिम नेपाली कांग्रेसका पोखरेलको नाम प्रस्ताव गरिएको हो ।मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई गरी २८ सदस्यले साथ दिएका छन् । ती सदस्यहरुले धारा १८८ को उपधारा (४) बमोजिम अविश्वासको प्रस्ताव ल्याएका हुन् ।
उपधारा ९६० मा त्यसरी ल्याएको अविश्वासको प्रस्ताव प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा मुख्यमन्त्री पदमुक्त हुने व्यवस्था छ । त्यस्तो मुख्यमन्त्री पदमुक्त भएमा प्रस्तावित मुख्यमन्त्री सो पदमा प्रदेश प्रमुखले नियुक्त गर्नेछ ।