हुम्लामा दैनिक २२ घण्टा लोकसेडिङ सेवाग्राही मर्कामा।

भेरी खबर Mar 24, 2021

 हुम्लाको सदरमुकाम सिमकोटमा एक दिनमा २२ घण्टा लोडसेडिङ हुने गरेको छ । यस बर्ष हिमालमा हिउँ कम पर्दा हिल्दुम साना जलविद्युतको लागि पानीको स्रोत कम हुँदा प्रतिदिन लोडसेडिङ बढ्दै गएको हो ।
एक पटक आएको विद्युत पाँच मिनेटपछि जाने गर्नु सामान्य जस्तै भएपछि कुटानी पिसानी मिल बन्द गरेको सो वर्ण मिलका सञ्चालक मुकुन्द रोकायाले बेरोजगार बन्नुपरेको बताउनुभयो । दैनिकरुपमा २२ घण्टासम्म लोडसेडिङहुँदा व्यवसायी मर्कामा परेको उहाँले बताउनुभयो । ब्यबसाय बन्द हुँदा आम्दानी घटेकोले समस्या हुन थालेको उहाँले बताउनुभयो । पहिले पहिले उज्यालोका लागि बालिने मैनबत्ती हिजोआज सेवाग्राहीले पून प्रयोग गर्न थालेको उहाँले बताउनुभयो । यसले गर्दा सोलार र मैनबत्तीको ब्यापार बृद्धि भएको छ ।
आयोजनाको पावर हाउसका लागि पानीको स्रोत दैनिक रुपमा घटिरहेको कारण लोडसेडिङ बढिरहेको हिल्दुम लोडसेडिङ वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताउनुभयो । पानीको स्रोत राम्रो भए पाँच सय किलोवाट विद्युत उत्पादन हुने आयोजनाबाट हाल सत्तरी किलोवाट विद्युत उत्पादन हुने र सबै तिर वितरण गर्न नसकिए पछि लोडसेडिङ बढाउनु परेको उहाँले बताउनुभयो । लोडसेडिङले गर्दा ब्यबसायीहरु मर्कामा परेको समेत उहाँले बताउनुभयो । आयोजनाको मुहानमा रहेको ट्याङ्कीमा पानी भर्दा दुई घण्टा मात्र धान्ने र त्यो विद्युत सबैतिर दिदाँ ठिक्क हुने उहाँले बताउनुभयो । अर्को आयोजनाकै लागि लाङ्दु खोलाबाट थप पानी ल्याउने योजना निर्माण कम्पनीले समयमा काम गर्न नसक्दा समस्या भएको हो । आयोजनाको विद्युत प्रयोग गर्ने एक हजार आठ सय सेवाग्राही छन् ।