ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

जोगिए मुख्यमन्त्री साही।

भेरी खबर Apr 16, 2021

##कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएसँगै उनको पद एक वर्षसम्म सुरक्षित बनेको छ । एक पटक विश्वासको मत प्राप्त गरेपछि एक वर्षभित्र अविश्वासको प्रस्ताव राख्न नपाइने संवैधानिक व्यवस्था छ । संविधानको धारा १ सय ८८ को उपधारा ४ मा भनिएको छ, 'मुख्यमन्त्री भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र त्यस्तो अविश्वासको प्रस्ताव पेस गर्न सकिने छैन ।' एमालेले ३ चैतमा मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो । कर्णालीमा बहुमतको सरकार बनाउन २१ मत आवश्यक पर्छ । एमालेका ४ सांसदहरूले फ्लोर क्रस गर्दा उनी विश्वासको मत लिन सफल भए । मुख्यमन्त्री शाहीलाई कांग्रेसले पनि समर्थन गर्ने निर्णय गरेको थियो । कांग्रेसका ६ सांसद थिए । १३ सांसद रहेको माओवादी केन्द्रले कांग्रेस र एमालेको १० सांसदको समर्थन प्राप्त गरेपछि मुख्यमन्‍त्री शाहीको पद जोगिएको हो । माधव समूहका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्बरबहादुर थापा र कुर्मराज शाहीले ह्वीप उल्लंघन गर्दै शाहीको पक्षमा मत दिएका हुन् ।