ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

जमुनाह बाट नेपाल भित्रिने १५ जनामा कोरोना पुष्ठि ।

भेरी खबर Apr 17, 2021

##। बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । उनका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन । उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, छ बाँके र एक जना सुर्खेतका रहेका छन् ।बाँकेमा शुक्रबारमात्रै १९९ मा कोरोना पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ ।भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १२७ र बागेश्वरी प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।