ज्योति लाइफको आइपिओ आज बाडफाट हुँदै।

भेरी खबर Mar 26, 2021

ठमाडौं : ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार दिउँसो साढे १२ बजे ज्ञानेश्वरस्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आइपिओ  बाँडफाँटको तयारी छ। 

 

 

कम्पनीले फागुन २१ गते शुक्रबारदेखि फागुन २६ गते बुधबारसम्म निष्कासन गरेको आइपिओमा मागभन्दा धेरै आवेदन परेकाले  गोलाप्रथाबाट बाँडफाँट गरिने छ।

कम्पनीको आइपिओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन्। आइपिओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन्। 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो। कम्पनीको आइपिओमा १८ लाख ३२ हजार ९५८ जनाको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ। 

 मागभन्दा ६ दशमलब ५६ गुणा आवेदन परेको यस कम्पनीको आइपिओ १२ लाखभन्दा बढी लगानीकर्ताहरुले नपाउने भएका छन्।