ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

कोरोनाको संक्रमणबाट भारतमा आज २७५ मृत्यु ।

भेरी खबर Mar 24, 2021

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएको छ । थपिएका मृतकसँगै कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

चौबीस घण्टाको अबधिमा ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । हालसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जनाएको छ । कूल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जनामा संक्रमण सक्रिय रहेको छ । एक करोड १२ लाख ५ हजार १६० जना संक्रमणमुक्त भएका छन् ।
भारतमा गत् जनवरी महिनामा कोभिड विरुद्धको खोप अभियान सुरु भए यता हालसम्म करीब पाँच करोडले कोरोना विरुद्धको खोप लगाएका छन् ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ६४ लाख ३८ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा १० लाख २५ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ