ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

मुख्यमन्त्री राइले बोलाए नेकपा एमालेको संसदिय दलको बैठक ।

भेरी खबर Mar 24, 2021

 नेकपा एमालेको प्रदेश १ को संसदीय दलको बैठक आज बस्दैछ। ​​सर्वोच्‍च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलो पटक दलको बैठक बस्न लागेको हो।दलको नेतासमेत रहेका मुख्यमन्त्री शेरधन राईले अध्यक्षतामा बस्न लागेको बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिनेलगायत अदालतको निर्णयपछि उत्पन्न नयाँ परिस्थितिका बारेमा पनि छलफल केन्द्रित हुने बताइएको छ।एमाले संसदीय दलको  कार्यलयमा ११ बजे बस्ने बैठकका लागि ५० जना एमालेका सांसदलाई खबर गरिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए। 

उनले दलको बैठकमा अनुशासन पालना गर्दै सबै माननीयहरू सहभागी हुने बताए। एमाले संसदीय दलमा कुल ५० जना रहेका छन्। जसमा माधव नेपाल पक्षका १६ संसद रहेका छन्।माधव नेपाल पक्षका संसद राजेन्द्रकुमार राईले एमालेको दलको बैठकमा आफुहरु सहभागी नहुने बताए पनि केही सांसद गएर मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव केही दिनमा फिर्ता हुने जानकारी गराएर बैठकबाट बाहिरिने बताए। तत्कालीन नेकपाको कुल ६७ सांसद रहेकोमा प्रचण्ड-माधव पक्षका सांसदहरूले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेका थिए।