ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

म्यान्चेष्टर यूनाइटेडको रोमामाथि फराकिलो जित

भेरी खबर Apr 30, 2021

म्यान्चेष्टर यूनाइटेडले यूरोपा लिग अन्तगर्त सेमीफाइनलको पहिलो लेगमा रोमामाथि फराकिलो अन्तरको जित हात पारेको छ । यूनाइटेडको जितमा ब्रुनो फर्नान्डिस र एडिन्सन कभानीले सामान दुई दुई गोल गरे ।
ब्रुनो फर्नान्डिसले खेल सुरु भएको ९ औं मिनेटमा पहिलो गोल गर्दै म्यान्चेष्टर यूनाइटेडलाई १–० को महत्वपूर्ण अग्रता दिलाउनुभयो । तर पाउल पोग्बाले हयाण्डबल गरेपछि रोमाले पाएको पेनाल्टीको अबसरलाई लोरेन्जो पेलेग्रिनीले गोलको दिशा दिदै खेल १–१ को बराबरीमा ल्याउनुभयो । १५ औं मिनेटमा १–१ को बराबरी गरेको रोमाले ३३ औं मिनेटमा म्यान्चेष्टर सिटीका पूर्ब स्ट्राइकर एडिन जेकोको गोलबाट अग्रता लियो । पहिलो हाफ २–१ ले पछाडि परेको म्यान्चेष्टर यूनाइटेडले दोस्रो हाफमा लगालग पाँच गोल गर्दै खेल ६–२ ले आफ्नो पक्षमा पार्यो ।
यूनाइटेडका लागि एडिन्सन कभानीले ४८ औं र ६४ औं मिनेटमा गोल थप्दा ब्रुनो फर्नान्डिसले ७१ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दा खेल ४–२ को स्थितिमा आयो । पाउल पोग्बाले ७५ औं मिनेटमा र ग्रीनऊडले ८६ औं मिनेटमा गो थप्दै यूनाइटेडलाई सहज जितसम्म डोर्याए ।