ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि भएको छ।

भेरी खबर Apr 16, 2021

##। नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि भएको इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हङकङमा पठाएको नमुना परीक्षणमा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको हो ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलका अनुसार ‘एस जिन नेगेटिभ’ भएका १० नमुनामध्ये ९ वटामा ‘यूके भेरियन्ट’ पुष्टि भएको हो । दार्चुलाका एक जनाको भने ‘भेरियन्ट’ पुष्टि नभएको बताइएको छ । डा पौडेलका अनुसार कास्कीका दुई, काठमाडौंका चार, भक्तपुरका दुई र नुवाकोटका एक जनामा ‘यूके भेरियन्ट’ पुष्टि भएको हो । संक्रमण पुुष्टि हुनेमा २१ देखि ५९ वर्षसम्मका छन् ।नेपालमा कोरोना संक्रमितको संख्या धमाधम बढेसँगै नयाँ भेरियन्टका बिरामी नेपालमा भित्रिएको हुन सक्ने आशंकाका कारण सरकारले नमुना सर्वेक्षणबाट ‘एस जिन नेगेटिभ’ भएका १० र पाँचवटा पीसीआर पोजेटिभ भएका नमुना ‘जिन सिक्वेन्सिङ’ गर्न हङकङ पठाइएको थियो ।