ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

नेप्से नयाँ उचाईमा, इतिहास रच्दै

भेरी खबर Apr 12, 2021

साताको पहिलो कारोबार दिन नेप्से नयाँ उचाइमा पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २.७४ अंक बढेर २६७४.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन १७.२० अंक बढेर २६९१.५५ विन्दुमा बन्द भएको छ।
यो हालसम्मकै उच्च विन्दु हो। यस अघि नेप्सेले गत साताको मंगलबार २६७४.४७ विन्दुमा पुगि नयाँ अलटाइम हाइ बनाएको थियो। यस दिन नेप्सेले सो अलटाइम हाइलाई तोड्दै नयाँ अलटाइम हाइ बनाएको हो।
यस दिन नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा यस दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन बजारमा २१६ कम्पनीको ८० हजार ९५९ पटकको कारोबारमा ७ अर्ब ६१ करोड ८ लाख २८ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएपछि लगानीकर्ताहरु उत्साहित भएका छन्।


यस दिन कारोबारमा आएका ५ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोमबार एनआईसी एशिया लघुवित्त, महिला लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंकको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन अधिकांश जलविद्युत कम्पनीहरुको शेयरमूल्य घटेको छ। सर्वाधिक शेयरमूल्य घटेका १० कम्पनीहरुको सूचीमा ८ जलविद्युत कम्पनीहरु रहेका छन्। जसमध्ये साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ४.४१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक लिमिटेड अगाडि रहेको छ। सो बैंकको यस दिन २५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल बैंकको २० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ६ उपसमूहको परिसूचक घटेका छन्। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.६४ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका व्यापार, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहका परिसूचक भने यस दिन १ प्रतिशतभन्दा बढी घटेका छन्