पश्चिम् रुकुमबाट प्रचण्डले भने,खबरदार सिंहदरबार ।

भेरी खबर Apr 6, 2021

#माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बलमा नै संसद् पूनःस्थापना भएको स्पष्ट पारेका छन् । तर, उपलब्धि सिध्याउनको लागि अझैपनि षड्यन्त्र जारी रहेको उनको टिप्पणी छ । रुकुम पश्चिम ३२औं जनआन्दोलन दिवसका सन्दर्भमा आयोजित “आर्थिक समृद्वि,सामाजिक,साँस्कृतिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम” लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले अहिले भैरहेको षड्यन्त्रलाई परास्त गर्नुपर्नेपनि बताए । सिंहदरबारमा बसेकाहरुलाई सुन्नेगरि भन्छु भन्दै प्रचण्डले थपे,‘खबरदार सिंहदरबार ।’ उनले आफूले थोरै समय काठमाडौंलाई र धेरै समय जनताको काखमा बस्ने अठोट गरेको पनि सुनाए । उनले आफू कुनैपनि हालतमा नझुक्ने विश्वास दिलाए । उनले अहिलेपनि जनताको तागतले मात्रै प्रतिगमनलाई परास्त गर्ने विश्वास दिलाए ।

उनले आफूलाई दुःखमा साथ दिनेहरुलाई साद दिनुको साटो अवसरवादीहरुलाई ठाउँ दिएको भन्दै आफूबाट गल्ती भएको स्विकार्दै आत्मआलोचनासमेत गरे । उनले भने,‘मलाई दुःखमा बचाउने, जस्तोसुकै अप्ठ्यारोमा साथ दिनेहरु अलिक ओझेलमा पर्नुभयो, तर जालीझेलीहरुलाई मैले अवसर दिएँ । म बाट गल्ती भएकै हो । मलाई गद्दार भन्नेहरु, २०७० को चुनावमा ममाथि बम प्रहार गर्ने साथीहरुलाई, गृहमन्त्री बनाएँ, तिनीहरु अहिले विकाउ माल साबित भए, मैले तपाईँहरुलाई नै अगाडि बढाउनुपर्ने थियो । नियुक्ती र पार्टीमा पदोन्नती गर्दा, या मन्त्री बनाउँदा आफूलाई दुःखमा साथ दिनेहरुलाई नै प्राथमिकता दिनुपर्ने थियो । म बाट गल्ती भएकै हो । म आत्मआलोचना गर्छु ।