साताको अन्तिम दिन बिहिवार नेप्से १२ अंकले उकालो लागेको छ।

भेरी खबर Apr 1, 2021

#साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से १२ अंकले उकालो लागेको छ । आज ०.४९ प्रतिशत अर्थात १२.८८ अंकले बृद्वि भएर २६ सय ३१ दशमलव ८९ उच्च विन्दुमा पुगेको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्सपनि २.८३ अंकले बढेर ४६६.४२ विन्दुमा पुगेको हो । नेप्से परिसुचक अनुसार आज २१८ कम्पनीको ७३ हजार ५६७ पटक कारोबार भएर ७ अर्ब १८ करोड ४२ लाख ६६ हजार १२५ रुपैयाँ बराबरको १ करोड ४२ लाख ६८ हजार ५९२ शेयर खरिद बिक्रि भएको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको २९ करोड ५६ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको प्रतिशेयर मुल्य ८ सय ८० रुपैयाँ कायम भएको छ । त्यस्तै, सानजेन जलविद्युत कम्पनीको ३५ रुपैयाँ अर्थात १० प्रतिशतले शेयरमुल्य बढेर ३८५ रुपैयाँ प्रतिशेयर कायम भएको छ । यसैगरी युनाइटेड फाइनान्स लिमिटेडको ९.९५ प्रतिशतले बढेर ४२० रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ ।

नेप्सेको अनुसार आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डभलप कम्पनीको सबैभन्दा धेरै शेयरमुल्य घटेको छ । कम्पनीको प्रतिशेयर २६ रुपैयाँ अर्थात ५.५३ प्रतिशतले घटेर ४ सय ४४ रुपैयाँ कायम भएको छ । आज होटल, जीवन बीमा, म्युचुृअल फण्ड, इन्भेष्टमेन्ट उपसमुहको परिसुचक घटेका छन् । बाँकी अरु ८ उपसमुहहरुको नेप्से पसिरसुचक बढेका छन् ।