ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

टेस्टमा स्टिभ स्मिथको २७औं शतक

भेरी खबर Jan 9, 2021

अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले टेस्टमा २७औं शतक प्रहार गरेका छन्।

भारतविरुद्धको तेस्रो टेस्टमा स्मिथले शतक प्रहार गरेका हुन्। 

स्मिथले रनआउट हुनुअघि १३१ रन जोडे। उनले २२६ बलमा १६ चौका प्रहार गर्न सफल भए। 

स्मिथको यो समग्रमा ३८औं अन्तर्राष्ट्रिय शतक हो। उनले एकदिवसीय खेलमा ११ शतक हिर्काएका छन्। 

टेस्टमा ७ हजार रन पूरा गरेका स्मिथले एकदिवसीय खेलमा ४३ सय रन कटाइसकेका छन्।

टेस्टमा उनले ७६ खेल खेल्दा ६१ बढी औषतमा रन प्रहार गरेका छन्।

यो औषत न्युजिल्यान्डका कप्तान केन विलियमसन (५४) र भारतका कप्तान विराट कोहली (५३) भन्दा बढी हो।

सिड्नीमा भइरहेको तेस्रो टेस्टमा स्मिथको शतक प्रेरित अस्ट्रेलियाले पहिलो इनिङ्ग्समा ३३८ रन जोडेको छ। 

अस्ट्रेलियाका लागि स्मिथसँगै मर्नस लबुसेनले ९१ रनको योगदान दिए। त्यसअघि ओपनर विल पुकोभ्सीले ६२ रन जोडेका थिए।

बलिङमा भारतका रवीन्द्र जडेजाले ४ विकेट लिएका छन्। नवदीप सैनी र जसप्रित बुमराहले २-२ विकेट हात पारेका छन्।

अहिले भारतले जवाफी ब्याटिङ गरिहेको छ। 

चार टेस्टको सिरिजको १-१ को बराबरीको अवस्थामा छ। पहिलो खेलमा अस्ट्रेलिया र दोस्रो खेलमा भारत विजयी भएका थिए।