१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ ।

भेरी खबर Apr 7, 2021

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । मेचिनगर नगरपालिका–७ सतिघट्टा बस्ने १९ वर्षीय पल्टन टुडुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका–१५ लक्ष्मि डाँडास्थित जंगलमा पल्टनले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।