युभेन्टस पोर्टोसङ पराजित हुदा डर्ट्मण्ड भने बिजयी भयको छ

भेरी खबर Feb 18, 2021

बिहीवार काठमाडौ । युइफय च्याम्पियनलिग फुटबल खेल अन्तर्गत गयराती का खेल मा पोर्टो र डर्ट्मुण्ड बिजयी भयका छन। पोर्टो को घरेलु मैदान मा भयको खेल को पहिलो मिनेटमै तारेमी ले गोल गर्दै टिम लाई अग्रता दिलायका थिय । यसैगरी पहिलो हाफ को इन्जुरी समय मा मौसा मारागा ले गोल गर्दै पोर्टो लाई पहिलो हाफ मा 2-0 को अग्रता दिलायका थिय। पहिलो हाफ मा 2-0 ले पछि परेको युभेन्टस का लागि 82 औं मिनेट मा चिसा ले गोल गरेपनि टिम को हारभने टार्न सकेनन्। उता हल्याण्ड को दुई गोल को मद्दत मा जर्मन क्लब डर्ट्मण्ड ले स्पेनीस क्लब सेभिल्ला लाई उसकै घरेलु मैदान मा 3-2 ले पराजित गरेको छ। डर्ट्मण्ड का लागि धवड ले 19 तथा हल्याण्ड ले 27 र 43 मिनेट मा गोल गरेका थिय भने , सेभिल्ला का लागि सुसो  र डियोङ ले गोल गरेपनी पर्याप्त हुन नसक्दा हार बेहोर्नुपरेको हो। च्याम्पियनलिग फुटबल मा पुन यी दुई खेल युभेन्टस र डर्टमण्ड को मैदान मा हुनेछ ।