आज बाट गुण एयरलाइन्सको काठमाडौं-विराटनगर उडान सुरु

भेरी खबर ३० असोज २०७८, शनिवार

गुण एयरलाइन्सले ३0 सिटको जेट्स्ट्रिम जहाज आजबाट विराटनगरका लागि उडान सुरु गरेको छ 

आफ्ना दुईवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रिमसहित कुल सात वटा विमानबाट उडान थाल्ने क्रममा गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा , तुम्लिङटार भैरहवा र नेपालगन्जमा भने नियमित उडान सुरु गरिसकेको छ।

गुण एयरलाइन्सका प्रमूख प्रज्वल थापाका अनुसार थप अन्य गन्तव्य सिमरा र सुर्खेतका लागि केही दिनमै उडान भर्नेगरी तयारी गरिएको छ