आज मन्त्रीको नाम टुंग्‍याउने - माओवादी केन्द्र

भेरी खबर १८ साउन २०७८, सोमवार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्‍न लागेको हो ।

आजको बैठकमा सरकारमा जाने बिषयमा छलफल हुने बताइएको छ । माओवादीले आजै टुंगो लगाउने भएको बताइएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकमा प्रारम्भिक छलफल भएको थियो । 

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबारको बैठकपछि सरकारमा जाने मन्त्रीहरूको नाम सोमबार टुंगिने बताएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारमा कांग्रेस र माओवादीका दुई-दुई सांसद यसअघि नै देउवा नेतृत्वको सरकारमा मन्त्री बनिसकेका छन् ।