आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

भेरी खबर May 4, 2021

मंगलबार काठमाडौं ।युरोपियन च्याम्पियन लिग फुटबलको सेमिफाइनलको दोस्रो लिगको खेलमा आज राती फ्रेन्च महारथी पिएसजी र इङलिस  च्याम्पियन म्यान्चेस्टर सिटि नेपाली समय अनुसार  १२:४५ मा  सिटिको घरेलु मैदान इथियाडमा आमने सामने हुँदै छन।पहिलो लिगमा पिएसजि लाई उसको घरेलु मैदानमा २-१ ले पाखा लगायको पेप गार्डिवाला को टोलि उच्च मनोबलका साथ आफ्नो घरेलु मैदानमा उत्रिदै छ। उता पिएसजिका ब्राजिलियन सुपरस्टार   जुनियर नेइमारले मरेर भएपनि नतिजा आफ्नो पक्षमा पार्ने दावी गरेका छन । अघिल्लो लिगमा फ्रेन्च युवा स्टार एम्वाप्पे विना मैदान उत्रियको पिएसजि आज आफ्ना सम्पुर्ण सुरुवाती ११ खेलाडीको साथमा उत्रिने भएको छ। निकै चासोको साथ हेरियको यस खेल जित्ने टोलि फाइनल प्रवेश गर्ने छ।