अभियान लाई अभियन्ता कमला श्रेष्ठ काे सुमुह द्धारा सहयाेग

भेरी खबर २९ वैशाख २०७८, बुधवार

२८ बैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कोभिड १९ का बिरामी हरू काे अध्याधिक चाप बढेको र बिरामी हरु का लागि अक्सिजन सिलिण्डरको चरम अभाव हुँदै गर्दा शुरु गरिएको “अक्सिजन सिलिण्डरका लागि मेरो १ हजार ” अभियानमा आज मेची-महाकाली बुहारी समूहले पनि सहयोग रकम हस्तान्तरण गरेको छ ।

समूहमा आवद्ध दिदिबहिनीहरु मिलेर अभियानकालागि २५ हजार रकम सहयोग गरेका अभियानका सदस्य मिलन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो यो अभियानमा देशविदेशबाट तमाम साथीहरु जोडिनुभएको छ सम्पूर्ण मनकारी मनहरुलाई हार्दिक नमन गर्दछु । “

पत्रकार सुदिप पुरीको नेतृत्वमा शुरु गरिएको अभियानमा पत्रकार मिलन श्रेष्ठ धर्मराज आचार्य खगेन पुरी र पत्रकार प्रवाश कुमार शाक्य रहनुभएको छ । र यस समूह की अधक्ष्य कमला श्रेष्ठ र उपाध्यक्ष गोमा सापकोटा बताउनु हुन्छ हामी ले मेची महाकाली बुहरी समूह बाट पहिले पनि धेरै सहयाेग गरेको छौ,


पहिलो सहयोग १ :- नेपालगन्ज स्थित दिना बचाउ अभियान थियो जो बहिनि (ब्लड)क्यानसर पिडित रहनुभएको थियो उहाँको लागि १६५०० रकम उठाएको हस्तान्तरण गरिएको थियो!!
दोस्रो सहयोग २:- पहिलो लक डाउनको दोस्रो हप्ता सुर्खेतमा रहनु भएको केही बिपन्न परिवारलाई  २२००० रकम बराबरको रासन सुर्खेतको क्षेत्र नम्बर ३ का अध्यक्षको रोहबर  बितरण गरियो!!
तेस्रो सहयोग ३ :- काठमाडौ अबस्थित लक डाउनको समयमा सडकपेटि मा रहका ३०० जना भोकाएका पेटहरुको लागि भोजन कार्यक्रममा २०००० रकम जम्मा गरि हाम्रो टिम नेपाल सङ सहकार्य गरियो!!
चौथो सहयोग ४:- तनहुमा बाढीपिडितको लागि १३५०० बराबरको सिरक डसनाको लागि हाम्रो टीम नेपाल सङ सहकार्य गरियो!!
पाचौं सहयोग ५ :- कालिकोट स्थित महिला जो मानसिक संतुलन गुमाउनु भएको थियो उहाँ को लागि रासन सहित ७००० रकम हस्तान्तरण गरिएको थियो!!
छैटौं सहयोग ६ :- पुर्ब दमक गोलटारमा रहनु भएको ५ बर्षको बबिस अधिकारी बाबू जो ब्लड क्यानसर पिडित हुनुन्छ उहाँको लागि १७०००  
तेसैगरी प्रदेश न ६ सुर्खेत कोरोना सन्क्रमितको लागि अक्सिजनको लागि रु २५०००० 
यसरी नै समुहलाई साथ दिइरहनु होला धन्यवाद