भिल्लारियललाई युरोपालिगको उपाधी

भेरी खबर May 27, 2021

स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । भिल्लारियलले इतिहासमै पहिलोपटक उपाधि जित्दै गर्दा खेलमा २१ वटा पेनाल्टी प्रहार भएका थिए ।

सडेन डेथमा भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई ११-१० ले पराजित गर्दै उपाधि चुमेको हो ।

भिल्लारियल र म्यानचेस्टर युनाइटेडबीचको खेल निर्धारित ९० मिनेटमा बराबरीमा टुंगियो ।

खेलको २९­औँ मिनेटमा भिल्लारियलले अग्रता कायम गरेको थियो । तर, ५५औँ मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडले खेल बराबरीमा ल्यायो ।

त्यसपछि निर्धारित ९० मिनेटमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि हारजितको छिनोफानो नभएपछि खेल ट्राइब्रेकरमा धकेलियो ।

तर, ट्राइब्रेकरमा गएर पनि विजेता टुंगो लगाउन २१ वटा पेनाल्टी प्रहार गर्नुपर्यो । त्यसमध्ये १० वटा युनाइटेडले र ११ वटा भिल्ला रियलले गर्यो ।

ट्राइब्रेकरका दुवै टोलीले सुरूवाती १०-१० प्रहार गोल गरेका थिए । त्यसपछि गोल रक्षकहरूले सडेन डेथमा प्रहार गर्नुपरेको थियो । त्यसक्रममा भिल्लारियलका गोलरक्षक जेरमिनोले गोल गरे । तर, म्यानचेस्टर युनाइटेडका डे हेयाको प्रहार जेरमिनोले बचाए । यससँगै भिल्लारियल च्याम्पियन बन्यो ।