भारतव्दारा ईगंल्याण्डसंग खेल्न अस्विकार

भेरी खबर २८ भदौ २०७८, सोमवार

भारतीय क्रिकेट बोर्ड बिसिसिआईका प्रमुख सौरभ गांगुलीले  भारतले इंग्ल्याण्ड बिरुद्ध पाँचौ र अन्तिम टेष्ट खेल्न अस्वीकार गरेको जनाएका छन।

कोभिड १९ को चिन्ताले भारतले टेष्ट खेल्न भारतले अस्विकार गरेको उनले स्पष्ट पारे। आगामी इन्डियन प्रिमियर लिगले यो निर्णयमा कुनै भूमिका नखेलेको गांगुलीले स्पष्ट गरेका छन। खेलाडीले खेल्न अस्वीकार गरेता पनि उनिहरुलाई दोष दिन नसकिने गांगुलीले बताए।

इंग्ल्याण्डका पूर्व कप्तान माइकल वानले संयुक्त अरब इमिरेट्स यूएईमा अर्को हप्ताबाट पुनः सुरु हुने आईपीएल अघि भारतका खेलाडीहरु कोभिड परीक्षण गर्दा पोजिटिभ नतिजा देखिएला भनि डराएको धारणा प्रकट गरे।

तर इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत टम ह्यारिसनले भारतले ईङ्गल्याण्डसंग टेष्ट नखेल्नुसंग आईपीएलको कुनै सम्बन्ध नभएको स्पष्ट पारे। उनले बीसीसीआई कहिल्यै गैरजिम्मेवारपूर्ण बोर्ड नहुने बताउँदै यो खेल अर्को बर्ष एक मात्र खेल को रूप मा आयोजित हुन सक्ने कुरा बताए।