बालकोटमा ओलीसँग विप्लवको भेटवार्ता

भेरी खबर Jul 20, 2021

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्रविक्रम चन्दले भेटवार्ता गरेका छन् । ओलीनिवास बालकोट पुगेर चन्दले ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा समसामयिक विषयमा छलफल भएको चन्द निकट स्रोतले जनाएको छ । यसअघि चन्दले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेटवार्ता गरेका थिए ।