चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटियो ‘केटी’

भेरी खबर २६ पुष २०७७, आइतवार

चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको बच्चा ‘केटी’ मृत अवस्थामा भेटिएको छ।

नवलपरको कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने क्षेत्रमा उक्त केटी मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।

करिब २ देखि ३ महिनाको बच्चाको प्राकृतिक कारणबाट मृत्यु भएको अनुमान निकुञ्जले गरेको छ।