छुरा प्रहारबाट सांसदको हत्या, हत्यारालाई २५ बर्ष जेल सजाय

भेरी खबर ३० असोज २०७८, शनिवार

बेलायतमा शुक्रबार छुरा प्रहार गरी एक सांसदको हत्या भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसलाई चर्चमा एक जनाले छुरा प्रहार गरेका थिए । गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

प्रहरीले हमलाकारीलाई हत्यामा प्रयोग भएको छुरासहित नियन्त्रणमा लिएको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार चर्चमा आफ्नो क्षेत्रका जनतासँग कुरा गरिरहेको समयमा सांसद अमेसमाथि हमला भएको हो हमलाकारीको उमेर २५ वर्ष बताइएको छ । उनले किन सांसदमाथि हमला गरे भन्नेबारे खुल्न सकेको छैन । अमेस करिब चार दशकदेखि सांसद थिए ।