एमाले अध्यक्ष ओलिको यो बर्ष टीका छैन।

भेरी खबर २७ असोज २०७८, बुधवार

नेकपा (एमलो) का अध्यक्ष केपी शर्मा ओलीले यो वर्षको दसैंमा टिका लगाउन नहुने भएको छ। उनको भाईको निधनको कारणले ओलीले यो वर्षको दसैं नमनाउने भएको उनको सचिवालयले जनाएको छ ।

तर, पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भने उनले शुभकामना आदानप्रदान गरिरहेका छन् । पार्टीले आयोजना गरेका दसैंलक्षित शुभकामना कार्यक्रममा भने उनी सरिक भएका छन् । अध्यक्ष ओली दसैं नमनाए पनि नवमीको दिन भोलि (बिहीबार) भने आफ्नो गृहजिल्ला झापा जाने कार्यक्रम रहेको छ ।