फाइनलमा पुग्न भैरहवा र पोखराबीच प्रतिस्पर्धा हुँदै

भेरी खबर २२ असोज २०७८, शुक्रवार

 चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटअन्तर्गतफाइनलमा पुग्न आज भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

 

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बिहीबार १२ बजेर ४५ मिनेटमा दोस्रो क्वालिफायर खेलमा भैरहवा र पोखारबीच प्रतिस्पर्धा हुन लागेको हो । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्य लिएको छ

यस खेलको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग शनिबार भिड्नेछ ।

भैरहवा एलिमिनेटरमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो भने पोखरा पहिलो क्वालिफायरमा चितवनसँग पराजित भएको थियो । प्रतियोगिताको नियम अनुसार पोखराले फाइनल प्रवेशका लागि पुनः क्वालिफायर खेल्न पाएको हो ।