गुल्मीको तम्घास नजिक जीप दुर्घटना, तीनको मृत्यु ६ जना घाइते

भेरी खबर २९ असोज २०७८, शुक्रवार

गुल्मीको तम्घास नजिक जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते छन्। ती मध्ये ३ जनाको अबस्था गम्भीर 

दुर्घटनामा मुसिकाेट नगरपालिका-२ जलजले बस्ने वर्ष ७२ काा क्षेत्र बहादुर थापा, मुसिकाेट नगरपालिका-२ जलजले बस्ने वर्ष ४५ की राधिका थापा र मुसिकाेट नपा-३ चुदरीगाउँ बस्ने वर्ष १९ की संगिता सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय  गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए। बिहीबार राति पौने ११ बजे बुटवलबाट तम्घासतर्फ आउँदै गरेकाे गुल्मी यातयातकाे लु १ ज ४४९० नम्बरकाे जीप रेसुङ्गा नपा-१० पाचराते भन्ने स्थानमा दुर्घटना

सवै घाइतेको गुल्मी अस्पताल र पाल्पा उपचार भइरहेको छ। जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ। दुर्घटना भएको केही बेरमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भट्टराईसहितको नेपाल प्रहरी, सग्राम सार्दुल गुल्म धागिथुमका उपसेनानी हिक्मत बहादुर चन्द नेतृत्वको नेपाली सेना र सशस्त्र प्रहरी बल गुल्म गुल्मीका सशस्त्र प्रहरी नायब निरीक्षक धुर्व भुसाल नेतृत्वको सशस्त्र प्रहरीको टोलीले दुर्घटनामा उद्दार गरेका थिए