ईपीएल टी–२० : पोखरा फाइनलमा प्रवेश

भेरी खबर २१ असोज २०७८, बिहिवार

काठमाडौं, असोज २१ गते । पोखरा राइनोज चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई सात विकेटले पराजित गर्दै पोखरा फाइनलमा प्रवेश गरेको हो ।
भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८ ओभर दुइ बलमा तीन विकेट गुमाएर पूरा गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओरभमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो । अब शनिबार पोरखा र चितवन टाइगर्सबीच फाइनलका लागि प्रतिस्पर्धा हुने छ । पहिलो क्वालिफायरम पोखरा चितवनसँग पराजित भएको थियो ।
प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन्