माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो।

भेरी खबर May 5, 2021

बुधबार काठमाडौ ।माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियको पत्र  संसद सचिवालयका महासचिव लाई देव गुरुङले  बुझायका छन।प्रधानमन्त्री ओलिको नेतृत्वमा रहेको यो सरकार आजका मितिबाट अल्पमतमा परेको छ। तर प्रधानमन्त्री ओलिले संसद को विशेष अधिवेशन बोलाउदै आगामी बैशाख २७ गते विश्वासको मत लिने निर्णय गर्नु भएको थियो। यसैगरी आज प्रतिनिधि सभा सदस्यहरुको पिसिआर गर्ने र बैशाख २७ मा प्रधानमन्त्रीले बिश्वासको मत लिने प्रक्रिया अघि बढ्ने छ। विश्वासको मत पायमा बर्तमान सरकारले निरन्तरता पाउने र विश्वासको मत पाउन नसके नयाँ सरकार निर्माणको बाटो सनेत खुल्ने छ। गत फागुन २३ मा सर्बोच्च अदालतले माओवादी र एमालेलाई पूर्ववत अबस्थामा फर्काइदियपछी ओलिको सरकार लाई माओवादी को समर्थन रहिआएको थियो । समर्थन फिर्ता लिने नलिने भन्ने बारे लामो समय सम्मको घम्साघम्सी पछि अन्ततः आज माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।