मेरा परिवारका २३ मत आगामी हुने निर्वाचनमा कसलाई ?-महेश खत्री

भेरी खबर १७ असोज २०७८, आइतवार

१.मेरा परिवारका २३ मत आगामी हुने निर्वाचनमा कसलाई ?

 

मेरो परिवार एक असल कृषक मध्यम वर्गीय समूह अन्तर्गत पर्दछ।
मेरा १ हजुरबुबाका ३ छोराहरुका हामी जम्मा ७३जना स-परिवार छौ।पराइघर गएकि छोरि-बहिनी पारिवारिक माहोल र पार्टीगत सिद्धान्त नमिलेर बेग्लिएका भाइ-छोरा अनि मताधिकारको दायरामा नपरेका बालबालिका र बसाइँसराइ लिएका सदस्यहरुलाइ छुट्टाउदा हाल जम्मा २३ मत मात्र गणना हुनेछ्न।
तर २३ मतले राजनीतिक परिवेशलाई उथलपुथल पार्ने ल्याकत राख्द्छ। अहिलेको समाज र सामुहिक स्वामित्वलाई नजिकबाट बुझ्न पाएको एक कृषक परिवार सचेत त हुनेनै छ। त्यसमा पनि संघीयता र सम्सदिय व्यवस्थामा बिगत चार बर्षदेखि चोटिलो र धारिलो हतियारको घाउ बिहिन चोट सहेर बसिरहेका  घाइते सदस्यहरुको मुटु दबदवाइ रहेको छ।सरकार त नजिक छ तर सेवा सुविधा भने पार्टिगत स्वार्थमा मात्र प्रवाह हुने गरेको अल्पविकासको रणनीतिले कार्यकर्ता अल्झाइरहेको तथ्यांक ताजै छ। म त मेरो पार्टीको सिद्धान्त,पद्धति,निष्ठा र मर्यादामा रहेर बुदकेन्द्र गएर १ मत खसालुला तर बाकी २२ मतको मताधिकार कसले खोस्ने हो ? "दुखि छु म आफैदेखि खुशी छु म तपाईदेखि"किनकि मान गर्नेले गर्यो तर ग्रहण गर्नेले समाल्न सकेन।
२.स्थानीय तह देखि केन्द्र सम्म म मेरा परिवारका२३ मतको उचित  प्रयोग गर्नेवाला छु कसरी?
मैले मेरो बाल्यकाल जुन हालातमा गुजारेको थिए त्यही हालातमा अहिले पनि छु। १४बर्ष ८महिना बाल्यकालका र १३बर्ष २ महिना वयस्कका जोड्दा २७बर्ष १० महिना हुनेरहेछ। १३बर्ष २ महिना मेरो मानसिक अनुभवको समय हो। त्यसैले विगत बुझ्नेवाला छु। राष्ट्रियताको आवश्यकता, समाजको मान्यता, परिवारको धारणा अनि ब्यक्तिको चाहाना नबुझी पार्टिबाट टिकट लिइ चुनाव लड्छु भनेर लडाकु बन्नु अहिले जस्तो नभइ पहिले जस्तो हुनु हो।
बिचार पुर्याएर वीर बन्नु
सदा जुराएर शिर पुर्नु
यो मान्यता मेरो परिवारमा अहिलेको नयाँ आयाम हो । धेरै शिरा र थुप्रै चिराहरु पार गरेको पारिवारिक कदम कदापि खराब नहोला तर भुलचुक हुन सक्छ।
आगामी निर्वाचनमा तपाई जो-कोहि पनि जुन सुकै पद र तहको चुनावी टिकट लिएर आउनु होस तर मलाई र मेरो परिवारलाई झुक्याएर जासुसी बनाउन नआउनु होस मेरो अनुरोध छ। किनकी कृषक हमेशा कृषक नै रहन्छ भन्ने छैन । एक हल गोरु तयारी अवस्थामा खेतको आलिसम्म लिन के कति सामाग्रीको आवश्यकता पर्छ अध्ययन र अनुभव लिएर आउनु होला स्वागत छ। अब कृषकले चुनाव जितेर महाराज बन्ने हैन महाराजले चुनाव जितेर कृषक बन्ने हो । क्षमता छ भने तल उल्लेखित ठेगानामा घरदैलो गर्नु होला सम्मान छ। हैन भने सिद्धान्त पुच्छरमा राखी अहमता काधमा बोकेका भष्मासुरहरु यहि छिमेकमै तमाम छ्न।
राजनीतिक पार्टीले इन्डिकेट गरेका ब्यक्तिको बिचारसंग नमिल्ने चुनावी एजेन्डा कागजको पानामा छपाइ आफ्नो फुर्सदको समय खर्जिने कुचेष्टा नगर्नुहोला। जनताका वास्तविक समस्या माथी वैदिक  र पारदर्शीक बहस गरि पार्टीको जनमुखी भारलाइ आत्मसात गराइ चुनावी एजेन्डा तयार पार्दा फाइदा बहुमुखी हुन्छ। तसर्थ: नागरिक भावनासंग नजिकिने र पार्टीको नाममा ब्यक्तिगत स्वार्थ पुर्ती गर्ने मान्छेको लहर अघिल्लो चुनाव यता लागिरहेकै छ। केही नयाँ गर्ने राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने आट तपाई हामी सबैमा हुन जरुरी छ।त्यसैले सुझाव सुदृढीकरणको हो आवाज समृधिको हो ।समिक्षाबाट सहकार्य गर्ने मान्छेको खाचो छ। योग्य र दिगो सोच साथमा परिकल्पना दिगोविकासको राखेर मैदान मार्गमा आएको जो- कोहिलाई मेरा परिवारका २३ मत!
महेश खत्री
पलाँता गाउँपालिका -७ कालिकोट ,नेपाल