निपा भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयको अपिल

भेरी खबर २९ भदौ २०७८, मङ्गलवार

 निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट अपिल गरेका हुन् । 

मंगलबार पत्रकारसँगको कुराकानीमा पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्रयाइँ गर्न नहुने बताए । उनले निपा भाइरसको कुनै भ्याक्सिन बनी नसकेकोले यसबाट बच्न सबै सचेत र सतर्क हुनुपर्ने वेला आएको बताए ।