नेपाली राजनीतिको डंगुरमा बैकल्पिक शक्तिको झाडु कस्तो हुने ?

भेरी खबर २१ भदौ २०७८, सोमवार

                                     नेपालको राजननीतिमा बैकल्पिक शक्ति

भनिन्छ “सत्ताको स्वाद मह भन्दा पनि मिठो हुन्छ ।” नेपालको राजनीति इतिहासमा तात्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला पछीको शक्तिशाली सरकारका प्रधानमन्त्री बनेका पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक गरेको संबिधान माथिको असंबैधानिक प्रहार र स्वइच्छाचारी कदमले नचाहेर पनि सत्ताको साँचो परमादेशको आदेशमा गठबन्धन सरकारलाई सुम्पिएर आफु सत्ताबाट दुखद बिदाइका साथ बाहिरीहे । नेपालको राजनीतिमा भए गरेका यस्ता पछिल्ला अराजयककता र असंबैधानिक क्रियाकलापहरुले मुलुकको प्रजातान्त्रिक भबिष्यलाई अझै असुरक्षित भएको पुष्टि गर्छ । कुनै पनि संघिय लोकतान्त्रिक शासन प्रणालीको ब्यबस्था भएका राष्ट्रहरुमा जनताको जनमत द्धारा सत्ता हत्ताउन राजनीति दलहरु आतुर हुन्छन् र सके सम्म जनमत कायम राख्न चाहान्छन् । प्रजातान्त्रिक शासन प्रणालीमा यो प्रजातन्त्रको सबल पक्ष र जीवन्त बिशेषता पनि हो, जुन हुन आवश्यक पनि छ । 

यसरी नेपाली राजनीतिको फोहोरी खेलबाट मुलुकलाई उपयक्त दिशा दिन र आम जनतालाई आफ्नो जनमतको बिकल्पको रुपमा पटक–पटक नेपाली राजनीतिकमा बैकल्पिक राजनीतिको बहस हुने गरेको छ ।   
आखिर के हो त बैकल्पिक राजनीति ? 

बहुदलमा आधारीत जनताको जनमत नै सत्ताको प्रमुख शक्ति हुने राजनीतिक ब्यबस्था भएका मुलुकमा चाहे त्यो सत्ता पक्ष हो वा प्रतिपक्ष भएका÷रहेका राजनीतिक दलहरुले जब मुलुक र मुलुकबासीको चाहाना अनुसार मुलुकलाई सहि दिशा दिन असक्षम हुन्छन अनि मुलुकलाई बिकासको पथमा लिन सक्दैनन् र जनता केन्द्धित नभई सत्ता केन्द्धित हुन्छन् तब आम जनमाझबाट बिकल्पको बहस हुन थाल्छ । जनतालाई बिभिन्न आशाका सपना बाडेर अनि आकर्षण, बिकासबादी घोषणा पत्र र एजेण्डाद्धारा जनमत बटुलेर सत्ताम पुगे पछी जनता केन्द्रित नभई सत्ता (शक्ति) केन्द्रित हुन थाल्छन र सम्पूर्ण ध्यान आफ्नो ब्यक्तिगत स्वार्थमा, नाताबाद, आसेपासेमा सिमित गर्छन् । यसरी जब आफ्नो जनमतको दुरुपयोगबाट आम जनतामा यस्ता पार्टी र पार्टीका हरेक गतिबिधिप्रति जनतामा अबिश्वासको बातावरण सृजना हुन्छ थाल्छ अनि जनताहरुमा बैकल्पिक शक्तिको खोजी गर्दछन् र समाजमा यसले बहसको रुप लिन्छ । नेपालको राजनीति इतिहासमा पटक–पटक नेपाली जनताद्धारा परिवर्तन भएका पात्र र प्रणाली यसैका उदाहरण हुन् । नेपालको राजनीतिक इतिहासमा भएका उथलपुथलहरु १०४ बर्षे राणा शासन, ३० बर्षे पञ्चायत, १० बर्षे माओबादी बिद्रोह लगायतका १९ दिने आन्दोलनहरु यसै सत्ता र पात्र परिवर्तका घटनाहरु र  नेपाली राजनीतिमा हिंसात्मक आन्दोलनहरु थिए । यसरीे आम जनताको लामो अनि कठिनपूर्ण संघर्षबाट उपलब्ध शासन सत्ता उनिहरुको हक हितको बिरुद्धमा हुन्छ अनि उनिहरुमा पात्र वा प्रणालीमा नै खोट भएको महशुुस हुन्छ र यस किसिमको पात्र र प्रणालीबाट मुक्ति नै उनिहरुको अन्तिम बिकल्प हुने गर्छ । राजनीतिक प्रणालीमा यस्तै जनता माझबाट असफल भइसकेका राजनीतिक पार्टीहरुको कमजोरीलाई ढाल बनाएर उनिहरुको बिकल्पको रुपमा आफुलाई उभ्याई अरु पार्टी भन्दा फरक क्षमता जनतामुखी (जनतालाई केन्द्रमा राखेर) लोकप्रियता बटुली जनताको अभिमतलाई आफ्नो पक्षमा पार्न प्रयास गर्छन् । आजकाल नृेपाली राजनीतिमा हुने बिभिन्न बहसहरु जनमन सङग्रह, हिन्दु राज्य, कार्यकारी राष्ट्रपति आदि यसै बैकल्पिक राजनीतिकका उपजहरु हुन् । 
बैकल्पिक राजनीति अशिक्षित मतदाता भएका मुलुकमा आफैमा एउटा चुनौतिको बिषय भए ता पनि कुसँकृत राजनीतिकबाट ग्रसित नेपाल जस्तो मुलुकमा प्रशस्त सम्भाबनाहरु पनि छन् । बैकल्पिक राजनीतिमा बिकल्पको राजनीति भएकाले जनताको न्युनतम परिदृश्यमा रहेर उनिहरुलाई अरु भन्दा फरक काम गर्ने अनि आम जनता सँगसँगै रहने प्रवृतिको हुन्छ । बैकल्पिक राजनीतिको बलियो र ज्वलन्त उदाहरणका छिमेकी मुलुक भारतको आम आदमी पार्टीलाई लिन सकिन्छ । भारतिय राजस्व बिभागको आयकर पदमा कार्यरत आम आदमी पार्टीका संयोजक अरबिन्द्र केजरीवाल र उनका सहयोगीहरु मिलेर सडकबाट सुरु गरेको आवाज दिल्लीको ७ औँ मुख्यमन्त्रीसम्म आइपुग्दा लगातार २०१३ देखी पूर्ण बहुमतका साथ शासन गरिरहनु भएको छ । अरबिन्द्र केजरीवाल र आम आदमी पार्टीले दिल्लीमा गरेका जनतामुखी कामहरुले आम माझमा यसको लोकप्रियता झन बढ्दो छ । लामो इतिहास बोकेका भाजपा तथा कागे्रसलाई नराम्रो सँग हराएर ७० सिट मध्ये ६७ सिट त्यो पनि पार्टी स्थापना गरेको एक बर्षमा जुन परिणामको पछाडी झाडू सहितको भष्टचार बिरुद्धको आम आदमीको एजण्डा नै प्रम्ख थियो ।
हाम्रो मुलुक नेपालमा पनि पनि बैकल्पिक राजनीतिको बहस र प्रयास नभएका भने होइनन् । मुलुकका पूर्वप्रधानमन्त्री एवम् पूर्व माओबादीका नेता डा। बाबुराम भट्टराइले २०७३ साल जेठ ३० गते दशरथ रंगशालामा तत्कालीन प्रधानमन्त्री के।पी। शर्मा ओलीसहित शीर्ष नेताहरु र ठुलो जनमाझमा ”अबको निकास समावेशी विकास समृिद्ध सम्भव छ हाम्रै पालामा“ आदर्श बाक्यका साथ नेपालको निर्बिकल्प पार्टीका रुपमा नयाँ शक्ति पार्टी, नेपाल घोषणा गरे पनि २०७४ को प्रतिनिधि सभामा एक सिटमा मात्र सिमित रहे सँगै अस्तित्व बिहिन भयो । अन्य दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि जनताका आधारभुत आवश्यकतालाई भन्दा बढी राजतन्त्र र हिन्दुराज्यको वकालतमा मात्र सिमित छ जसको कारण राष्ट्रिय प्रजातन्त्र पाटीले पनि आम नेपाली माझमा चाहे जस्तो छबि बिस्तार गर्न सकेको छैन् । राजा र राजसँस्था नै राज्यको पहिचान हो भन्ने मुल ध्याय राखेको यो पार्टीले संघियता बिरोधी जस्ता आरोपहरु झेलिरहेको छ । नेपालको बर्तमान परिबेशमा यूवाहरुको बिचमा लोकप्रिय बनेको बिबेकशील साझा पार्टी पनि बैकल्पिक राजनीतिको रुपमा उदाएइरहेको पार्टी हो । 
सुसँकृत राजनीति, समतामुलक संबृद्धिको लक्ष्य लिएको यस पार्र्टीले सहभागी मुलक लोकतन्त्र, समन्वयात्मक बजार अर्थतन्त्र, कल्याणकारी राज्य, सामाजिक न्याय जस्ता मार्गदशन पार्टीका सिद्धान्त बनाएको छ । यो पार्टीले पद्धति९क्थकतझ०, पारदर्शिता९त्चबलकउबचभलअथ०, इमानदारीता९क्ष्लतभनचष्तथ० उत्कृष्टता९ःभचष्तयअचबअथ० अथार्त क्त्क्ष्ः ल्ँँई पार्टीको मुल्यमान्यता मानेको छ ।
यूवाहरुलाई नेतित्वमा ल्याउने र सुसँकृत राजनीतिको अभ्यासरत यो पार्टी पनि बिगतका चुनावहरुमा नतिजा आफ्नो हात पार्नबाट चुकेको छ । आफुलाई बैकल्पिक राजनीतिको मुलधार ठान्ने यो पार्टीले कल्याणकारी प्रजातन्त्रको प्रस्तावनाको वकालत गर्दछ । आम नागरिकहरुका आधारभुत आवश्यकताहरु राज्यद्धारा निःशुल्क र अनिबार्य हुनु पर्ने जस्ता मुद्धाहरु उठाएर आम जनतामाझ आफ्ना आवाजहरु उठाइरहेको छ । 
नेपालको सन्दर्भमा बर्तमान राजनीति र परमादेशको सरकारका क्रियाकलापहरु गैरजिम्मेवारी र सत्ता केन्द्रितमा मात्र सिमित भइरहेका छन । यसरी सत्ताधारी पार्टीहरुले मुलुकका वास्तविक  समस्याहरुलाई केवल आफ्नो चुनावमा जनता सामु जाने माध्यम  मात्र बनाएर मुलुक र मुलुकबासीलाई धोकामा राखे नेपालको राजनीति प्रणालीमा बैकल्पिक शक्ति सधैँ आम नागरिकको ÷ नेपालीको आवाजको बिषय बनिरहने छ  ।
नाम ः– हंश बहादुर रोकाया कालीकोेट हाल रत्न राज्य लक्ष्मी क्यापसमा  राजनीति शास्त्र तेस्रो बर्ष अध्ययरत
फोन नं. ९८६७०७४८२९