पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ।

भेरी खबर May 5, 2021

बुधबार काठमाडौ ।इङलिस क्लब म्यान्चेस्टर सिटि युरोपियन च्याम्पियन लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। फ्रेन्च महारथी पिएसजिलाइ समग्रमा ४-१ ले हराउदै म्यान्चेस्टर सिटि फाइनलमा पुगेको हो ।गत राती सिटि को घरेलुु मैदान इथियाडमा भएको खेलको ११ औं मिनेटमा  रियाद मरेजले गोल गर्दै  पेप गार्डिवाको टोलि लाई अग्रता दिएका थिए। निकै प्रतिस्पर्धात्मत खेलको ६३ औं मिनेटमा पुनः गोल गर्दै मरेजले टिमको अग्रता दोब्बर पारे। इतिहास रचेको म्यान्चेस्टर सिटि आफ्नो फुटबल इतिहासमा पहिलो पटक च्याम्पियन लिग खेल्दै छ भने पिएसजिको दोश्रो पटक फाइनल खेल्ने सपना सकियको छ। सेमिफाइनलको दोश्रो लिगको अर्को खेलमा आज राती रियल मडरिड र चेल्सी बिच प्रतिस्पर्धा हुँदै छ।