पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध

भेरी खबर Jul 8, 2021

पहिरोका कारण पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । गएरातीदेखि परेको भारी वर्षाका कारण सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक अवरुद्ध भएको हो । वर्षाका कारण बाटो खुलाउन समय लाग्ने पनि प्रहरीले जनाएको छ ।

वर्षा भइरहेको माथिबाट पहिरो खस्ने क्रम जारी रहेपनि स्काभेटर बोलाएर पहिरो पन्छाउने काम सुरु परिएकाे प्रदेश ट्रफिक प्रहरी कार्यालय बुटवलका प्रहरी ईन्सपेक्टर ज्ञानु पाण्डेले बताएका छन् ।