पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालका ९ क्रिकेटर

भेरी खबर २६ पुष २०७७, आइतवार

यसअघि सन्दीप लामिछाने पिएसएलको सर्वाधिक महँगो श्रेणी प्लाटिनममा समावेश भएको सार्वजनिक भएको थियो। शनिबार थप ८ खेलाडी पनि पिएसएलको ड्राफ्टमा परेका छन्। 

८ जना खेलाडी नै सिल्भर श्रेणी-विदेशीमा परेका छन्। जसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पूर्वकप्तान पारस खड्कासहित अभिनास बोहरा, करण केसी, कुशल मल्ल, पवन सर्राफ र सुवास खकुरेल छन्।