पाकिस्तानमा मध्यरातमा झ्याप्पै गयो देशभरि बत्ती

भेरी खबर २६ पुष २०७७, आइतवार

पाकिस्तानमा शनिबार राति एकैपटक देशभरि बत्ती गएको छ। समाचार पत्र द डनका अनुसार राति ११ बजेर ४१ मिनेटमा देशभरिको विद्युत प्रणालीमा समस्या आएको हो।
 

सुरूमा कराँची, लाहोर, इस्लामावाद, मुल्तानजस्ता ठूला सहरका वासिन्दाले सामाजिक सञ्जालमा लोडसेडिङ भएको उल्लेख गरेका थिए।

केही समयपछिमात्रै लगभग देशैभरिको बिजुली अवरूद्ध भएको खुलेको थियो।

केही घन्टापछि पाकिस्तानी उर्जा मन्त्री ओमर अयुबले राष्ट्रिय प्रसारण प्रणालीको फ्रिक्वेन्सी ५० बाट एक्कासी जिरोमा झरेकाले समस्या भएको जानकारी दिएका थिए। फ्रिक्वेन्सी किन एक्कासी झर्‍यो भन्नेबारे अनुसन्धान भइरहेको उनले  बताएका छन्।