पलाँता जति राज्यबाट टाढा छ, त्यो भन्दा दोब्बर पलाँतीको सोच बर्तमान परिस्थितिबाट टाढा छ 

भेरी खबर २८ भदौ २०७८, सोमवार

 

२१औँ शताब्दिको आजको मानब ढुंगे युगदेखी आजको बिज्ञानको युगसम्म आइपुग्दा धेरै भौतिक तथा अभौतिक परिवर्तन र अबिश्वसनीय आबिष्कारको श्रयकर्ता बनिसकेको छ । आज बिश्वका अधिकांश मुलुकहरु नयाँ संसारको खोजीमा छन र पृथ्वी बाहिर पनि मानव बस्ति सम्भव भएको कुरा पटक–पटक दोहो्याइरहेका छन् । पृथ्बी मानव तथा सजिव जीवहरुको निर्बिकल्प संसारको रुपमा रहेको कुरा आज बिज्ञानले असत्य सावित गरिसकेको छ । अबको केही समयमा अन्य ग्रहहरुमासमेत बस्ति बसाउने कुरा सम्भव छ भनि आज बिश्वका सम्पन्न मुलुकहरु यस बिषयमा सम्भावनाको खोजी गरिरहेका छन् ।  
नेपाल आफैमा एउटा भुपरिबेष्ठित राष्ट्र हो, जहाँ  बिश्वका दुई उदाउदा अर्थतन्त्र र शक्त्तिशाली मुलुक चिन र भारत अवस्थित छन् । नेपाल इतिहासका बिभिन्न काल खण्डहरुलाई पार गर्दै आजको यो समय सम्म आइपुग्दा आम नागरिकको जीवनयापनमा केही हदसम्म भए पनि सहजताको अनुभव भइरहेको छ । नेपालमा प्रजातन्त्रको उदय पछि आम नागरिकहरुले राष्ट्र र राष्ट्रिय हित अनुकुल स्वतन्त्रताको बिचार र नागरिकका सबै अधिकारहरु सुनिश्चितसहितको उत्तकृष्ट संबिधान नेपालको संबिधान २०७२ पाएका छन् । नेपालमा संघियता लागुभएसँगै देश ३ किसिमका सरकारको ब्यबस्था भएको छ ।

१. संघ
२ . प्रदेश
३ . स्थानिय
यि माथिका तिन सरकार मध्ये स्थानिय सरकार भनेको आम जनताको नजिकको र जनप्रतिनिधिहरुद्धारा प्रत्यक्ष प्रभाव पर्ने सरकार हो । झन्डै दुई शताब्दि पछी भएको उक्त सरकारको चुनावमा जनतामा आएको हर्ष, उत्साह पहिलो सरकारका जनप्रतिनिधिहरुमा सम्म पनि टिक्न नसकेको कुरा आम नेपालीमा र उनिहरुको जीवनशैलीबाट थाहा पाउन सकिन्छ । यस्तै कथा र ब्यथाको आफ्नो अलगै पहिचान भएको स्थानिय सरकार पलाँता गाउँपालीका हो, जुन कर्णाली अञ्चल, कालीकोट जिल्ला, जिल्ला सदरमुकामबाट झन्डै २१ कोश टाढा रहेको छ । नेपालको अति नै बिकट उक्त गाउँपालीका ३१८.८४ किमी ९१२३.१० बर्ग माइल० मा फैलिएको छ । नेपालको जनगणना २०११ का अनुसार १५,३०३ जनसङ्ख्या भएको गाउँपालीकाको बाजुरा, मुगु, जुम्ला र कालीकोटको छिमेकी गाउँपालीका पचाल झरना रहेको छ । 


चाणक्य नितिमा एउटा भनाई छ “जब कुनै जनप्रतिनिधिहरुलाई आम जनताले कुनै अर्कै ग्रहबाट आएका हेलेन सम्झन्छन, तब उ भित्र एक प्रकारको दम्व पैदा हुन्छ र उसले आफुलाई सर्बशक्तिमान ठान्दछ । फलस्वरुप सत्ताको दुरुपयोग गर्दछ ।” सयुक्त राज्य अमेरकिाका १६औ राष्टपति अब्राहम लिङ्कनले प्रजातन्त्रलाई परिभासीत गर्दै भनेका थिए “प्रजातन्त्र जनताको त्यो सरकार हो, जुन जनताले जनताका लागी जनताद्धारा गर्दछन् । ” तर मानिसमा आजको प्रजातान्त्रिक युगमा आएर प्रजातन्त्रका बारेमा खुलेर वकालत गर्नु र आफ्ना जन्मसिद्धका अधिकारका बारेमा खुलेर बहस गर्नु शासकको अपमान सम्झिने एउटा समाज छ भन्दा आफैमा यो एउटा प्रजातन्त्र र ति हजारौ बलिदान गर्ने सहिद प्रतिको अपमानको बिषय हो । एउटा स्वभिमानी नागरिकलाई हुने पिडा हो । 
मार्क जुकरबर्गले सामाजिक सञ्जालमा ल्याएको परिवर्तनले पलाँता गाउँपालीकामा पनि ठुलो परिवर्तको रुप रेखा नै कोरी दियो । सामाजिक सञ्जालमा पलाँताले पाएको समृद्धिको बयान गरेर साध्य नै छैन् । कुनै पनि ब्यक्तिले सार्वजनिक पद धारण गरिसकेपछी उसले समाजमा आफनो पहिचानलाई कायम राख्ने हो, जसलाई उसले पटक–पटक आफ्नो प्रतिनिधित्व गर्ने हतियार रुपमा प्रयोग गर्नुपर्ने हुन्छ ।  पहिचान गुमाउदा कुनै पनि शासक वा प्रशासकको अस्तित्वको  लिलाम खुला बजारमा कसरी हुन्छ भन्ने कुरा मुलुकमा आएको शंकटबाट भागेर युएई गएका मुहम्मद अशरफ घनी अहमदज र बिश्वलाई चुनौति दिने शक्ति भएको राष्ट्रको एउटा सानो लडाकु समुहसँगको नाटकिय पराजयबाट प्रमाणीत भइसकेको छ । आज बिश्व जगतमा आएको यो सबै परिवर्तन र यसबाट मानिसका दैनिकीमा कतै न कतै केही न केही त असर अवस्य परिरहेको छ ।
  पलाँताको यर्थाथ र भ्रमबाद 
स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्घतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारिणि र न्यायीक अभ्यासलाई संस्थागत गर्न र स्थानीय सरकारको संचालन गर्न पलाँता गाँउपालिकाको स्थापना भएको हो । स्थानीय सरकारले संचालन गर्ने हरेक कार्यमा सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रर्वद्धन गर्नु र स्थानीय सरकारका हरेक काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी नागरिकलाई लाभको वितरणमा सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु गाँउपालिकाको उद्देश्य हो । तर यि सबै यथार्थबाट पहिचान हुन नसकेको पलाँता र आजको बास्तविक दुनियाँलाई पहिचान गर्न नपाएका पलाँती यस्तै अर्काको अन्धभक्तिमा बाँच्न खोज्नु नै २१औँ शताब्दिको अभिषाप बनेको छ । 


        बिकासको गलत परिभाषा बोकेका पलाँतीहरुमा प्राकृतिक सम्पदामा आएको परिवर्तनलाई बिकास भन्ने मानसिकता छ । सडकको नाममा आफ्ना ब्यक्तिगत मेसीनले आफु अनुकुल सडक खन्ने गरेका कारण बाढी पहिरो आउने जोखीम बढेको छ । भुगर्भबिद्को सल्लाहा बिना गरेका यस्ता बिकासहरुले जनताहरुको हित प्रतिकुल हुने कुरा निश्चित छ । सामान्यतया आम जनताको जीवनयापनमा आउने सकरात्मक सहजपन नै बिकास हो, जहाँ उनिहरुले आफ्ना दैनिकीमा राहत मिलेको अनुभव हुन्छ । सडकको नाममा प्राकृतिक स्रोतहरुको नास, शिक्षाको कुरा बयान गर्न लायकको नै छैन, बिधुत्को नाममा आम जनताको श्रमको शोषण, सुत्केरी हुदा डोको काटेर लैजानुपर्ने, सञ्चारको लागी मौसममा भर पर्नु पर्ने, सिटामलको भर छैन आदी पलाँता सरकारका लोकप्रिय कामहरु थाहा हुदा हुदै पनि जनप्रतिनिधिहरु पानी माथिको ओभानु हुन खोजीरहेका छन् । 


       कुनै देश होस, प्रदेश होस वा स्थानिय सरकार होस, उक्त सरकारले जनमत आफ्नो पक्षमा पारेका  कारण उ जनतासँगसँगै उनिहरुका समस्याहरुसँग हातेमालो गर्दै अघि बढ्ने र आफ्नो चुनावी घोषणा पत्र अनुसार जनतालाई सेवाहरु र बिकासका कामहरुले सरकार भएको महशुस गराउने हो । राजनीति एउटा खुला र निःस्वार्थ सेवा हो जहाँ देश र जनतालाई आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथि राखेर सधैँ राष्ट्र अनुकुल कामहरु गर्ने गरिन्छ तर दुर्भाग्यवस पलाँता सरकार र यस सरकारका प्रतिनिधिहरुमा यस किसिमका गुणहरु भेटिनु नेपाल बाहेक अन्य मुलुकमा काँडे भ्याकुर भेटाउनु सरह नै भइसकेको छ । पलाँता गाउँपालीका त्यहाँका मानिसको पहिचानका आधारमा दिइएको नाम हो । पलाँतीको अर्थ राज्यका हरेक सेवा, सुबिधा लिन नसक्ने वा त्यो किसिमको लागत नभएका मानिस भनेर पलाँताका पुर्खाहरुले पाएको पहिचान हुनुपर्छ, तर आज पलाँती जनताहरु आफ्नो हेपाहा पहिचानबाट माथि उठ्नुको साटो झनै यसको गहिलो खाडल झनै तल गइरहेको अनुभव गरिरहेका छन् । सामाजिक सञ्जाल मनोरञ्जन र सही सुचना सन्वेषण गर्ने माध्यम हो तर यसै सामाजिक सञ्जालको माध्यमबाट त्यहाँका जनप्रतिनिधिहरु र आसेपासेहरुले आफ्नो भ्रमबादलाई यथार्थ बनाउने अस्त्रको रुपमा प्रयोग गरेका छन र बर्षौ देखी पलाँती जनतालाई धोकामा राखेका छन् । स्थानिय तहको चुनावमा उत्साह र उमगंका साथ आफ्ना स्थानिय जनप्रतिनिधि छान्न सहभागी भएका जनतामा आज स्थानिय सरकारप्रतिको सोचाई र हेर्ने दृष्टि नै फरक भइसकेको छ जसको प्रत्यक्ष दोषी ति जनताका आशा र भरोसासँग खेलवाड गर्ने सरकारका प्रतिनिधि र प्रतिपक्ष हुन, जो पटक–पटक आफ्नो जिम्मेवारबाट भाग्न खोजे र ब्यक्तिगत स्वार्थमा हावी भए । आज सर्बसाधारण पलाँती जनताको जीवन स्तरमा कुनै किसिमको परिवर्तन नआउदा ति जनप्रतिनिधिहरु जसको इतिहास हेर्दा सार्वनजिक सवारी साधन चढ्न सक्ने क्षमताका  थिएन, आज कसरी बिलासी जीवनशैली बिताउने हैसीयतमा पुगे रु यो सवाल आम सरोकारको बिषय हो तर आज उनिहरु जनताप्रति उत्तरदायि हुनुको सट्टा जनमतलाई नै दैबि शक्ति सम्झी आफ्नो बास्तविक रुप जनतासामु देखाइरहेका छन । मानिस आफैमा जन्मजात एउटा राजनीतिक प्रणाली हो । उ राज्यका हरेका क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीतिसँग सम्बन्धित भइसकेको हुन्छ । राज्यका राजनैतिक तथा प्रशासनिक काममा उसको सहभागीता  राज्यका निम्ती आवश्यक पक्ष हो । तर गलत राजनीति सँस्कार बोकेको उक्त समाजमा हुने खानेले मात्र नेतित्व गर्नुपर्छ भन्ने सोचको भुमरीमा फसेको छ । यो सोचबाट माथि उठ्न पलाँताका नेतित्वलाई कति  शताब्दिको समय लाग्ने हो यो त आउने भबिष्यले नै निर्धारण गर्ला । 


        हाँसो लाग्दो र बेकुफीपन त के भने एउटा जम्मा ३१८.८४ किमी ९१२३.१० बर्ग माइलमा फैलिएका गाउँपालीकालाई सामान्य पूर्वधारहरु खडा गर्न ५/५ बर्षको समय अप्रायप्त हुने अनि सरकारका प्रतिनिधिहरु चाँही देशका अहंगा सहरहरुमा आफु बिलास जीवन बिताउन सक्ने क्षमताको लागी सक्षम हुने आखिर कसरी ? कानुनबाट आफुलाई अछुत राखेका र राज्यका नीति नियमबाट टाढा रहेका पलाँतीहरु प्रतिनिधिहरुका काम  अनि उनिहरुको दायित्व सम्बन्धी अज्ञान नै प्रमुख कमजोरी हो जसको शतप्रतिशत फाइदा त्यहाँका नेता तथा उनिहरुका आसेपासेले उठाइरहेका छन् । पलाँता आफैमा एउटा अपार बिकासका सम्भावना बोकेको स्थानिय तह हो, जहाँ पर्यटक देखी साना घरेलु उधोग, जडिबुडी प्रशोधन केन्द्र, युवाहरुलाई सिपमुलक तालीम, महिला अभिकुखीकरण तालिमजस्ता प्रभावकारी र परिणाममुखी कामहरु गर्नुको साटो कमिशन, भष्टाचारमा ब्यत्तित उक्त सरकारले जनताका आशाका पर्खालहरु कमजोर परेका छन् । त्यसैले अबका हरेका सार्वजनिक सवालका बिषयमा पलाँतीबासीले पुनर्बिचार गर्नुपर्ने अबस्थाको सिर्जना भएको छ ।


       पलाँताको बिकासका बिषयलाई लिएर कसैलाई भ्रम छ वा यि तथ्यहरुमा सत्यता छैन भन्ने जो कोही पलाँताको प्रतिनिधि आओस् म उ सँग म तथ्यगत बहस गर्न तयार छु । सामाजिक सञ्जालमा नानाथरीका बिषय बस्तुहरुलाई बिकासका संज्ञा दिएर बिकासबादी नेताको नाटकको आयु धेरै लामो हुने छैन् । सामाजिक सञ्जालमा कसैको अन्धभक्तिमा रमाउने प्रबृति बोकेका बिकासको बाधक बन्ने र बन्न खोज्ने शासकका गल्तिमा पर्दा हाल्ने काम गर्ने पनि सबैभन्दा ठुला अपराधि हुन् । जबसम्म सहीलाई सही गलतलाई गलत भन्ने आवाज आम जनताबाट जादैन, शासक समूहले यस कमजोरीको फइदा लिइरहनेछन् । सर्वसाधारण जनतालाई धोकामा राखे जस्तो हामी यूवाहरुलाई धोकामा राख्न सजिलो छैन भन्ने कुरा शासकले जाने हुन्छ । केरा खाएर बोक्र्रमा लडाउने मनसायलाई जनताले राम्रो सँग बुझीसकेक छन् । कुनै पनि ठाउँको बिकास त्यहाँका बासिन्दासँग जोडिएको बिषय हो, र उक्त ठाउँको बिकास तब मात्र सम्भव हुन्छ जब त्यहाँका बासिन्दाहरु आफै सक्रिय हुन्छन, बिकासलाई चासोको बिषय बनाउछन् ।  २१औ शताब्दि पार गर्दै गर्दाको यो युगका युवाहरुमा सामान्य राजनीति  चेतको बिकास नहुनु अनि आफ्नो सन्तानको भबिष्यप्रति नै प्रश्न चिन्ह खडा गर्नु भोली आउने पिढींहरुको सामु अयोग्य पुस्ता कहलाउनु बाहेको अर्को बिकल्प हामी सामु हुने छैन भन्ने कुराको पनि हामीले जिम्मा लिनुपर्छ । कुनै पनि ठाउँको बिकासमा त्यहाँका नेतित्व बर्गको ठुलो भुमिका हुने हुदा जनताले पनि यस्ता संबेदनशिल कुराहरुमा सजग भई आफ्नो अमुल्य अधिकारको सही प्रयोग गर्न सक्नुपर्छ । शासकल वा नेतित्वबर्ग असल वा खराव हुदा बिकास देखी बिनाससम्म कत्तिको असर पर्छ भन्ने कुरा बिगतका झन्डै ४ बर्ष भन्दा बढी समय हामीले देखेकै त हौ । त्यसैले कसैको नियति जान्न यत्तिका समय प्रयाप्त भइसकेको र बारम्बार यो गल्ति दोहो्याएर आफैलाई धिक्कार्ने अबस्था सिर्जना गर्नु आफैमा आत्मघाति कदम हो । 
        सम्पुर्ण पलाँती युवा साथीहरुले पनि पलाँताको प्रगतिको भाग्यरेखा कोर्ने जिम्मेवारी आफ्नो पनि भएको महशुस गरि भोली आउने हाम्रा सन्ततीका निम्ती भए पनि ब्यक्तिगत स्वार्थलाई चिताञ्जली दिएर एउटा सचेत नागरिकको भुमिका निबार्ह गर्न अघि बढ्नुपर्छ नत्र भोली पनि इतिहासले दिएको पहिचानसँग रमाउनु बाहेकको भबिष्य हाम्रो हुनेछैन । आजको यो बिद्रोहको आवाज हाम्रो रहर नभइकन बाध्यतासग जोडिएका कारण अनि ब्यक्तिगत स्वार्थभन्दा पनि समग्र जनताको हितका पक्षमा भएका कारण एक चोटी आफ्नो  नियतिसँग प्रश्न गर्न आवश्यक  छ ।