प्रधानमन्त्री ओलिलाइ विश्वासको मत नदिने नेपाली काङ्ग्रेसको निर्णय ।

भेरी खबर May 4, 2021

#नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले रातोपाटीलाई बताए ।

 

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । सो बैठकलाई माओवादीले पनि राम्रो उद्देश्यले नबोलाइएको ठहर गरेको छ । 
मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादीको स्थायी समिति बैठकले २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको निष्कर्ष निकालेको थियो ।