रुखको हागाँ ढलेर बिजुलीको तारमा लाग्दा भक्तपुरमा २ जना वालिका घाइते भएका छन।

भेरी खबर ११ असोज २०७८, सोमवार

भक्तपुर चाँगुनारायण नगरपालिकाको बडा नं ५ खरिपाटी स्थित नेपाल आर्मीको ब्यारेकको परिसरमा रहेको रुखको हागाँ ढलेर बिजुलीको तारमा लागेर दुई जना बालिका घाइते भएका छन्। 

घाइते हुनेमा चाँगुरनारायण नगरपालिका वडा ५ छालिङ्ग बस्ने १५ वर्षीया श्रद्धा बाटा र भक्तपुर नगरपालिका वडा नं १० पाइपलाइनमा बस्ने १५ वर्षीया अनिसा खड्का रहेको वडा अध्यक्ष जयन्द्र खड्काले बताए।  

बालिकाहरुको उपचारका लागि भक्तपुर अस्पताल लगिएको र उनीहरुको अवस्था गम्भीर रहेको वडाध्यक्ष खड्काले बताए।

बालिकाहरु ११ कक्षामा अध्ययनरत छन्।

घटनापछि आर्मी ब्यारेक अगाडि स्थानीयहरु नाराबाजीसहित आन्दोलन गरेका थिए। आक्रोशित स्थानीयले अहिले नगरकोट सडक अवरुद्ध गरेका थिए।