रोनाल्डोको आफैमा परिक्षा आज

भेरी खबर २९ भदौ २०७८, मङ्गलवार

         
युरोपियन क्लव फुटबलको सबैभन्दा ठुलो र प्रतिष्ठित प्रतियोगीता युइएफए च्याम्पियन्सलिग फुटबल मंगलबारबाट सुरु हुने भएको छ । प्रतियोगीताको पहिलो दिन स्वीस टिम योगं वोइजले इङलिस क्लव म्यान्चेस्टर युनाइटेडको सामना गर्दै छ । मंगलबार योगं वोइजको घरेलु मैदान वाङ्गकफर्ड व्रेनमा पाहुना टोली म्यान्चेस्टर युनाइटेड आफ्नो ्पमुख हतियार रोनाल्डोको साथमा मैदानमा उत्रदैछ । घरेलु लिगको पहिलो खेलमा २ गोल गरेका रोनाल्डो निकै लयमा रहेकोले पनि यो खेल रोमाञ्चक हुने बताइएको छ । डेभिड वेङगरको टोली योङग वोइज आफ्नो घरेलु मैदानमा म्यान्चेस्टर युनाइटेडको सामना गर्न तयार छ भने ओले गुनारको टोली युनाइटेड यो बर्ष तिन उत्कृष्ट साइनिङ गर्दै जितको खोजीमा मैदानमा उत्रीदैछ । नेपाली समय अनुसार मंगलबार राति १०ः३० मा हुने उक्त खेलमा सुपरस्टार रोनाल्डोको परिक्षा समेत हुने ठानिएको छ । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी समेत रहेका रोनाल्डो म्यानचेस्टारबाट च्याम्पियन्सलिग जीति सकेकोमा यो सिजन उनको आगमनले म्यानुलाई लिगमा थप बलियो बनाएको छ । यसै प्रतियोगीतामा  बुधबार बार्सिलोनाले बायनको सामना गर्दा चेल्सीले जेनितको सामना गर्ने छ भने इटालियन क्लव युभेन्टसले स्वीस क्लव माल्मो एफएफको सामना गर्दै छ । यि तिनै खेल नेपाली समय अनुसार राति १२ः४५  बजे हुने छन् ।