राष्ट्रिय सभा सदस्य खड्का पदमुक्त

भेरी खबर Apr 28, 2021

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बन्नुभएको चन्द्रबहादुर खड्का पदमुक्त हुनुभएको छ । खड्काले दल परित्याग गरेको भन्दै संसदीय दलका नेता दीनानाथ शर्माले उहाँको राष्ट्रिय सभा सदस्य पद रिक्त गर्न पत्र पठाउनुभएको थियो ।
वैशाख १० गते सांसद खड्कालाई निष्काशन गर्न राष्ट्रिय सभा सचिवालयमा पत्र पुगेको थियो । सोही अनुसार खड्काको पद रिक्त भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले बुधबार जारी गर्नुभएको सूचनामा उल्लेख छ ।