रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल ।

भेरी खबर May 5, 2021

बिहिवार काठमाडौ। युइफय च्याम्पियन लिग फुटबल को सेमिफाइनल समीकरण पूरा भएको छ। बिहीबार  राती चेल्सी को घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा भयको खेलमा रियल मड्रिड लाई २-० ले हराउँदै चेल्सी फाइनल पुगेपछि यस बर्षको च्याम्पियन लिग फुटबलको सेमिफाइनल  समीकरण पूरा भएको हो । गयराती भएको खेलको २८औं मिनेटमा थिमो ओयर्नर ले गोल गर्दै चेल्सी लाई अग्रता दिलायका थिय। थोमस टुचेलको टोलि चेल्सी का लागि खेलको ८५ औं मिनेटमा गोल गर्दै माउन्टले अग्रता दोब्बर पारेसंगै चेल्सीले जिदानेको पाहुना टोलि रियल मड्रिड लाई २-० ले हरायको हो । यस अघि नै फ्रेन्च क्लब पिएसजिलाइ हराउँदै म्यान्चेस्टर सिटि फाइनल पुगिसकेको छ । फाइनल खेल मे २९ मा हुनेछ।