सभामुखले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष ओली मात्र होइन कोही पनि नजाने एमालेको अडान

भेरी खबर २८ भदौ २०७८, सोमवार

सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अवैधानिक भनेको छ । आफूबाट अलग्गिएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहभागी हुने बैठकमा आफूहरु नजाने अडान एमालेले

सर्वदलीय बैठकमा ससंदमा भएका सबै दलका शीर्र्षनेताहरूलाई सभामुख सापकोटाले छलफलमा बोलाएका थिए । जसमा सत्तारुढ दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्तिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमोर्चा तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का दलका नेताहरू सहभागी हुनेछन् । 

नेकपा एसबाट पनि माधवकुमार नेपाल सहभागी हुने थाहा पाएपछि बैठकमा कोही पनि नजाने निर्णय गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले नेपालवाचलाई बताए । 

उनका अनुसार एमालेले बैठकमा सहभागी हुन सर्त राखेको छ । 

‘नेकपा एस गठन प्रक्रियामा सभामुखको गैरसंवैधानिक संलग्नता किन रह्यो उत्तर दिनुपर्छ’ उनले भने, ‘जुन दल गठनमै हाम्रो असहमति छ, त्यो सहभागी हुने बैठक सर्वदलीय बैठक हुनै सक्दैन ।’

यस्तै, कार्यालय सचिव तामाङले सत्तापक्ष र प्रतिपक्षको हैसियतले समस्या समाधान गर्न बैठक आयोजना गरे चाहिँ एमालेले वार्ता गर्ने जनाए । 

यसअघि, बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा आली नजाने तर उपनेता सुवासचन्द्र नेम्बाङ र प्रमुख सचेतक विशाल भट्टराई भने जाने एमाले स्रोतले जनार्एको थियो । 

तर फेरि कोही पनि नजाने निर्णय भएको कार्यालय सचिव सचिव तामाङको भनाइ छ ।