साहरुख खानले जेल परेका छोरा आर्यनलाई ४५ सय भारु पठाए

भेरी खबर ३० असोज २०७८, शनिवार

लागूऔषध प्रयोगको अभियोगमा जेल परेका आर्यन खानलाई पिता साहरुख खानले भिडियो कल गरेका छन् । मुम्बईको आर्थुर रोड जेलमा रहेका आर्यनलाई साहरुखले भिडियो कल गरी हालखबर बुझेका हुन् ।

तीन दिन अघि भएको भिडियो कलबारे जेल प्रशासकको भनाई उदृत गर्दै इन्डियन एक्सप्रेसले आज लेखेको छ । साहरुखले मनी अर्डरको माध्यमले छोरा आर्यनलाई ४५ सय भारु पठाएका छन् ।

२३ वर्षीय आर्यन भारतको लागूऔषध नियन्त्रण ब्युरोबाट ३ अक्टोबरमा समातिएका थिए । क्रुज जहाजमा लागूऔषधसहितको पार्टीमा आर्यनसहित उनका साथीहरु समातिएका थिए ।

आर्यनले बाहिरी खाना पाइरहेका छैनन् । उनले जेलभित्रकै खाना खाइरहेको बुझिएको छ । खाना खर्चका लागि आर्यनलाई पिता साहरुखले ४५ सय भारु पठाएका हुन् ।