समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट

भेरी खबर May 5, 2021

भनिन्छ शिक्षा यस्तो हतियार हो जसलाई चलाई तिमि संसार बदल्न सक्छौ । शिक्षाको बिउले गर्दानै हामी आज यस अवस्थासम्म आइपुगेका छौं । तर नेपालको प्रकृतिको सुन्दर  कर्णाली  विकासको हिसाबले दुर्गम क्षेत्रमा शिक्षा , स्वास्थ्य, रोजगारी , बाटो , विद्युत लगायत अन्य आधारभूत आवश्यकता पूरा हुने परैको कुरा हो संचारको त राम्रो संग  बिकास हुन सकेको छैन ।  आधारभूत आवश्यकता पुरा नभएकै कारण आज पनि छुवाछूत , भेदभाव जस्ता  अन्धविश्वासमा आज पनि हाम्रो समाज अल्झिरहेको छ । कालिकोट जिल्लाका ९ वटा स्थानीय तह मध्य एक हो नरहरिनाथ गाउँपालिका । यही गाउँ हो जहाँ मेरो जन्म भएको थियो । आज म आफू जन्मेको  र हुर्केको ठाउको बारेमा केहि भन्न मन लागेको छ  ।  दुई बर्ष पहिलेको कुरा हो काठमाडौ बाट दशैको बेला गाउँ गएको थिए । गाउँमा भेटघाट गर्ने क्रममा सबै नागरिक निराशा , दुखी मात्र भेटिन्थे । हरेक नागरिक पिडामा हुन्थे । बालबालिकाहरु कुलतमा लठ्ठ थिए । समाजमा एकता , सदभाव र सहयोग भन्ने नै थिएन । केही बर्ष पहिले र अहिलेको समाज फरक महसुस भयो । आफू पढेको स्कुल उस्तै देखिन्थ्यो । हरेक युवाहरु आफ्नो भविष्यको खोजीमा भौतारिरहेका थिए । हरेक नागरिक पीडामा देखिन्थे । गाउँ पिछडिएकै कारणले यहाँको  समस्या पहाड जस्तै तेर्सिएको छ । यसलाई पन्छाउने आजसम्म कोहि तयार भएको देखिदैन । बास्तबमा यो गाउँपालिकामा अधिकांश सामुदायिक बिधालय मात्र छन । बिधालयमा नियमित अध्ययन अध्यापन नहुने तर भई हाले सुगा बन्न प्रेरित गरिरहेका छन । यहाँ बिद्यार्थीमा सीप , क्षेमता कला र प्रतिभा भएका आसा लाग्दा नागरिक नै भेटिदैन्न । कला र क्षमताको बिकास गरि आफू भित्रको प्रतिभा चिनाउने मौका बाट बन्चित भएका छन । स्कुलमा जसरी हुन्छ पास हुनुपर्छ भन्ने मात्र थाहा छ तर पास भएर के हुन्छु भन्ने थाहा छैन । आज अभिभावक छोराछोरीले उच्च अंक ल्याएकोमा गर्व गर्छन तर छोराछोरी अनुशाशीत , सभ्य र नैतिकवान छ कि छैन र कतिको प्रतिभासाली र क्षमतावान छ भन्नेमा मतलब छैन । के पढेपछि के बनिन्छ भन्ने नै थाहा छैन । आज बिद्यार्थी , शिक्षेक र अभिभावक अलमलमा परेका छ्न । म कक्षा १० सम्मको पढाइ  पछि उच्च शिक्षाको लागी काठमाडौ आय तब मात्र जिबनको यथार्थ जिन्दगी के हो भनेर बुझ्ने अवसर पाए । खास लक्ष्य र सपना मेरो के हो भनेर बुझ्न , म को हु र  मेरो आवश्यकता के हो ? भनेर बुझ्नलाई मलाई बर्षौ लाग्यो । जिबनमा कुनै लक्ष्य लिनुपर्छ भनेर काठमाडौ आएर बल्ल थाहा पाए । मलाई आफ्नो बारेमा भन्न कुनै लज्जा बोध छैन किनकि मेरो सिकाइको बाताबरण र चेतना स्तर त्यस्तै  थियो । स्थानीय तहबाट पहिलो कुरा त्यस्ता कुनै प्रभावकारी कार्यक्रम नै छैनन् , कार्यक्रम भएपनि प्रभावकारी काम हुन सकेको छैन । विडम्बना भन्नू पर्छ स्थानीय सरकारले शिक्षामा लगानी हैन आफ्ना आसेपासे लाई डोजर किन्न लगाएर अवैज्ञानिक बाटो बनाउदै छन । यता राज्यकै त ध्यान छैन भने स्थानीय तह को नै हो र ?  हरेक नागरिकको भाग्य भबिस्यको लागि सोच्ने र चिन्ता गर्ने कोहि नभएकै कारण नरहरिनाथ गाउँपालिकाका सचेत  युवा बिद्यार्थीहरु मिलेर समाज रुपान्तरणको लागि अध्ययन प्रतिष्ठान खोलेका छन । यो गाउँपालिकाका हरेक  बिद्यार्थी लगायत सम्पुर्ण नागरिक लाई शिक्षा बाट शिक्षित बनाई समाजमा भएका हत्या , हिंसा , बलात्कार जस्ता जघन्य अपराधको रोकथाम सहित अन्धविश्वासको कालो बादल लाई हटाउने उदेश्य राखेको छ । बालबालिका लाई उचित शिक्षा दिई अनुशाशीत , लगनशील र इमानदार नागरिक बनाउने यो प्रतिष्ठानको लक्ष्य रहेको छ । समाज परिवर्तन शिक्षा बाट नै सम्भव रहन्छ र शिक्षामा गुणस्तर बढाउन , समाजको अन्धविश्वास लाई हटाउन , छुवाछूत मुक्त बनाउने नरहरिनाथ अध्ययन प्रतिष्ठानको जन्म भयो