सुपरस्टार राजेश हमालको ‘सत्यम’का लागि पोखरामा भव्य सेट तयार

भेरी खबर १८ भदौ २०७८, शुक्रवार

अभिनेता राजेश हमालको शीर्ष भूमिका रहने चलचित्र ‘सत्यम’ का लागि भव्य सेट तयार गरिएको छ । मनाङ, मुस्ताङ, पोखरा लगायत नेपालको सुन्दर पर्यटकीय क्षेत्रमा छायाङ्कन हुने यस चलचित्रको पोखरामा भव्य सेट तयार भएको हो । अहिले सेटको केही तस्बिरहरू सार्वजनिक भएका छन् । चलचित्रका निर्देशक शंकर कार्कीले यो सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठुला भवनहरूकोसमेत दृश्यहरू छायाङ्कन हुने जानकारी गराएका छन् । बाहिरका केही दृश्यबाहेक सबै इन्डोर दृश्यको छायाङ्कन यही सेटभित्र हुने पनि निर्देशकले बताएका छन् । त्यस्तै, केही सानो भूमिकाका लागि निर्माण टिमले सार्वजनिक रूपमा नै कलाकारहरूको आह्वान गरेको थियो । जसबाट छानिएका केही कलाकार पनि फाइनल भैसकेको निर्माण टिमले जानकारी दिएको छ ।