संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस

भेरी खबर May 4, 2021

मंगलबार काठमाडौं ।प्रधानमन्त्री केपि शर्मा ओलि नेतृत्वको सरकारले संबैधानिक परिषद सम्बन्धि अध्यादेश लगायत सातवटा अध्यादेश ल्यााउने  निर्णय गरेपछि त्यस्को नेपाली काङ्ग्रेसले बिरोध गरेको छ । प्रेस बिज्ञप्त्ति सार्वजनिक गर्दै संसदको बजेट अधिवेशन बोलाउन ढिला भएको अबस्थामा  संसदलाई छलेर  अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली  घोर आपत्तीजनक छ। संबैधानिक परिषद सम्बन्धि अध्यादेश लगायत सातवटा अध्यादेश ल्याउने सरकारको निर्णयप्रती घोर आपत्ती छ , भन्दै काङ्ग्रेसले सरकारप्रती  आपत्ती प्रकट गरेको छ।