सिटिलाइ निराश बनाउदै चेल्सीले च्याम्पियनलिगको उपाधी उचाल्यो।

भेरी खबर May 29, 2021

सिजन २०२०-२१ को च्याम्पियनलिग फुटबलको उपाधी चेल्सीले जितेको छ। आइतबार राती प्रोचुगलको स्टेडियो डो ड्रागो मैदानमा भएको खेलमा लिग प्रतिद्वन्दी म्यान्चेस्टर सिटि लाई १-० ले हराउँदै चेल्सीले उपाधी जितेको हो।  चेल्सीका लागि खेलको ४२औं मिनेटमा माउन्टको सहयोगमा हार्भटेजले जाली चुमाउदै थोमस टुचेलको टोलि चेल्सी लाई बिजयी गरायका थिय।  खेलको अन्तिम समय सम्म गोलका लागि प्रयास गरेतापनी जाली चुमाउन नसक्दा सिटि पराजित भएको हो।पोर्टोमा भएको खेलमा पेप गार्डिवालाको बलियो टोलिलाई हराउँदै चेल्सी यश बर्षको युरोपियन च्याम्पियन बन्न सफल भएको हो